काठमाडौँ । आजदेखि पूरानै मूल्यमा ग्यास पाइने भएको छ । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आउने भएसँग उद्योगीले पूरानै मूल्यमा ग्यास बेच्ने भएका हुन् ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आउसँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम हुने बताए । यसअघि ढुवानी लागत बढेको भन्दै उद्योगीले निगमले तोकेको २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ थप जोडेर २१६५ रुपैयाँमा ग्यास बेच्दै आएका थिए ।
पहिरोका कारण अवरुद्द कृष्णभीरको बाटो आजदेखि खुलेको छ ।



