२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अथर नेपालकाे एक्सपेरियन्स सेन्टर अब नेपालगन्जमा, उत्पादनसम्बन्धी जानकारीसँगै टेस्ट राइडको सुविधा पनि


सञ्चार डबली
  • मंगलबार, भदौ ३० २०८३
  • 2.0K
    SHARES

  • images
    अथर नेपालकाे एक्सपेरियन्स सेन्टर अब नेपालगन्जमा, उत्पादनसम्बन्धी जानकारीसँगै टेस्ट राइडको सुविधा पनि

    नेपालगन्ज / विद्युतीय मोबिलिटी कम्पनी अथर नेपालले नेपालगन्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।बसपार्क राेड, न्यूराेड २, नेपालगञ्जमा सञ्चालनमा आएको नयाँ एक्सपेरियन्स सेन्टरमार्फत नेपालगन्ज तथा आसपासका क्षेत्रका ग्राहकले अथरका नवीनतम इलेक्ट्रिक स्कुटर, प्रविधि तथा ग्राहक सेवाको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।

    नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै अथरको एक्सपेरियन्स सेन्टर सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत प्रमुख सहरमा विस्तार भएको छ।

    नेपालगन्जस्थित एक्सपेरियन्स सेन्टरमा अथर ४५० र अथर रिज्टालगायतका इलेक्ट्रिक स्कुटर उपलब्ध हुनेछन्।

    ग्राहकले स्कुटरको प्रदर्शन, डिजाइन, प्रविधि र प्रयोगगत विशेषता प्रत्यक्ष अनुभव गर्नका साथै उत्पादनसम्बन्धी जानकारी र टेस्ट राइडको सुविधा पाउनेछन्।

    अथर ४५० लाई गतिशील र आकर्षक इलेक्ट्रिक स्कुटर अनुभव खोज्ने राइडरलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

    त्यस्तै, अथर रिज्टा दैनिक तथा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको इलेक्ट्रिक स्कुटर हो। यसमा आराम, प्रयोगगत सहजता र स्मार्ट फिचरको संयोजन रहेको कम्पनीको भनाइ छ। 

    अथरले आफ्ना इलेक्ट्रिक स्कुटरमा विभिन्न प्रविधिमा आधारित सुविधा उपलब्ध गराउँदै आएको छ। 

    कम्पनीका अनुसार म्याजिक ट्वीस्ट सुविधामार्फत थ्रोटलको सरल ट्विस्टबाट नियन्त्रित रूपमा गति कम गर्न तथा ब्रेकिङ गर्न सकिन्छ। 

    Infinite Cruise ले लामो दूरीको यात्रामा स्थिर क्रुजिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। त्यस्तै, Voice Interactions मार्फत भ्वाइस कमान्डबाट स्कुटरसँग अन्तर्क्रिया गर्न सकिने सुविधा रहेको छ।

    विद्युतीय मोबिलिटीको प्रयोग बढ्दै जाँदा ब्याट्रीको आयु, बिक्रीपछिको सेवा तथा दीर्घकालीन स्वामित्वप्रतिको ग्राहकको विश्वासलाई ध्यानमा राख्दै अथर नेपालले अथर एस्सुरेन्सलाई प्राथमिकतामा राखेको जनाएको छ।

    यसअन्तर्गत Ather’s Eight70 battery warranty लाई महत्वपूर्ण पक्षका रूपमा राखिएको छ। यसले स्कुटरको ब्याट्रीसम्बन्धी दीर्घकालीन एस्सुरेन्स प्रदान गर्ने कम्पनीको भनाइ छ। 

    अथर नेपालले चार्जिङ तथा सर्भिस पूर्वाधारसमेत विस्तार गर्दै आएको जनाएको छ। हाल नेपालभर ५० भन्दा बढी फास्ट चार्जिङ लाेकेसन तथा १० भन्दा बढी अथुराइज्ड सर्भिस सेन्टर रहेको कम्पनीले जनाएको छ। यी पूर्वाधारमार्फत विभिन्न स्थानमा अथरका ग्राहकलाई चार्जिङ तथा बिक्रीपछिको सेवा उपलब्ध हुँदै आएको छ।

    एक्सपेरियन्स सेन्टर, अथराइज्ड सर्भिस सेन्टर तथा फास्ट चार्जिङ इन्फ्रास्ट्रक्चरको विस्तारमार्फत स्कुटर खरिददेखि सम्पूर्ण अनरसिप जर्नीसम्म ग्राहकलाई सेवा उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

    विशेष ओपनिङ स्किम

    नेपालगन्जमा १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको अवसरमा अथर नेपालले स्थानीय ग्राहकका लागि विशेष ओपनिङ स्किमसमेत सार्वजनिक गरेको छ। उक्त योजना ३ असोज २०८३ सम्म लागू हुनेछ।

    योजनाअन्तर्गत क्यास पर्चेज गर्ने ग्राहकले ८ वर्षको एक्सटेन्डेन्ड ब्याट्री वारेन्टी  पाउनेछन्। इएमआइ पर्चेजमा ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ भने एक्सचेन्ज गर्दा थप ८ हजार रुपैयाँको भ्यालुएसन बेनिफिट प्राप्त गर्न सकिनेछ।

    नेपालगन्जको बसपार्क राेड, न्युराेड २ मा रहेको नयाँ एक्सपेरियन्स सेन्टरबाट ग्राहकले अथरका उत्पादनबारे जानकारी लिन, नयाँ प्रविधिको प्रत्यक्ष अनुभव गर्न, टेस्ट राइड गर्न तथा अनरसिप चार्जिङ र आफ्टर सेल्स सर्पाेटसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

    नेपालगन्जमा १५औँ एस्सुरेन्स विस्तारसँगै अथर नेपालले देशका विभिन्न क्षेत्रका ग्राहकसम्म प्रविधि, चार्जिङ पूर्वाधार तथा ग्राहक सेवा विस्तार गर्ने आफ्नो योजनालाई निरन्तरता दिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend