२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तीजको उपलक्ष्यमा मध्यान्हसम्म करिब २४ हजारले गरे पशुपतिको दर्शन


सञ्चार डबली
  • सोमबार, भदौ २९ २०८३
  • 847
    SHARES

  • images
    तीजको उपलक्ष्यमा मध्यान्हसम्म करिब २४ हजारले गरे पशुपतिको दर्शन

    काठमाडौं । हरितालिका अवसरमा देशभरका शिवालयमा भक्तजनको बिहानैदेखि भिड छ । यसैबीच पशुपतिनाथमा मध्यान्ह १२ बजेसम्म करिब २४ हजारले दर्शन गरेको प्रहरीको तथ्यांक छ ।

    दर्शनार्थीको सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको छ । अहिले पशुपति क्षेत्रको विभिन्न स्थानमा महिलाहरू भेला भएर नाचगान गरिरहेका छन् ।

    ४ वटै ढोका तर्फबाट गरी जम्मा २ हजारदेखि २५ सयसम्म दर्शनार्थी लाइनमा छन् । त्यस क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend