२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई कस्तो छ सरकारको राहत प्याकेज ?


सञ्चार डबली
  • आइतबार, भदौ २८ २०८३
  • 1.4K
    SHARES

  • images
    स्थायी आवास नबनेसम्म बाढी प्रभावित परिवारलाई कस्तो छ सरकारको राहत प्याकेज ?

    काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाडा तथा खर्च व्यवस्थापन गर्न ४ सदस्यसम्मलाई मासिक १५ हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

    सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्रिपरिषद्को यस्तो निर्णय सार्वजनिक गरेका छन् ।

    मन्त्री तिमिल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भोटेकोशी बाढी प्रभावित चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य मासिक थप २ हजार रूपैयाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय भएको छ ।

    कुनै परिवारले मासिक नगद भाडा सुविधा लिन नचाहेको खण्डमा सरकारले नै स्थायी आवास निर्माण नहुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्पसमेत उपलब्ध गराएको छ । यसका लागि आवश्यक विवरण तथा तथ्याङ्क संकलन गर्न सम्बन्धित सबै स्थानीय तहहरूमा फाराम पठाइसकिएको उनले जानकारी दिएका छन् ।

    विपद्बाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन सम्पन्न भइसकेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले हाल विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको बताएका छन् । उक्त मूल्याङ्कनका आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरूलाई तीव्रताका साथ अघि बढाइने उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend