२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान


सञ्चार डबली
  • आइतबार, भदौ २८ २०८३
  • 1.2K
    SHARES

  • images
    प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

    काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल चीनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

    नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलको भ्रमण असोज ३ गतेसम्म हुनेछ । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान मञ्चमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

    भ्रमणअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति सिग्देललाई सम्मानगारत अर्पण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले उनलाई बिदाइ गरेका थिए ।

    नेपाली सेनाले भ्रमणबाट नेपाल–चीनबीचको सैनिक सम्बन्ध थप विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

    प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend