२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते


सञ्चार डबली
  • आइतबार, भदौ २८ २०८३
  • 935
    SHARES

  • images
    रुकुम पश्चिममा जीप दुर्घटना: दुई जनाको मृत्यु, ११ घाइते

    रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ मा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी–६ की १५/१६ वर्षीया प्रेमकला पुन रहेका छन् ।

    सानीभेरी–६ को कोटगाउँबाट सिम्ली जाँदै गरेको लु १ च ६०२९ नम्बरको जीप देउताखोलामा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको छ भने आठ जना मध्यमदेखि सामान्य घाइते भएका छन् । घाइतेलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमा सुर्खेत लागिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend