२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?


सञ्चार डबली
  • आइतबार, भदौ २८ २०८३
  • 1.4K
    SHARES

  • images
    आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

    काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

    यस्तै, देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

    आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | देशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

    पछिल्लो २४ घण्टामा कास्की र लजमुङमा धेरै भारी वर्षा भएको थियो । महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा २४ घण्टामा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ । लमजुङको फलेनी मापन केन्द्रमा १०९. २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै धादिङ र गोरखाको सीमा क्षेत्रमा रहेको आरुघाट मापन केन्द्रमा ८७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend