२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ५४ करोड मौज्दात


सञ्चार डबली
  • शनिबार, भदौ २७ २०८३
  • 1.6K
    SHARES

  • images
    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ५४ करोड मौज्दात

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शनिबार बिहान ९ बजेसम्म कोषको खातामा १३ अर्ब ५४ करोड ९ लाख ३ हजार ११७ रुपैयाँ मौज्दात रहेको छ ।

    भदौ २६ गते साँझ ५ बजेपछि मात्रै कोषमा २८ करोड २० लाख १४ हजार ३६६ रुपैयाँ थपिएको कार्यालयले जनाएको छ । उक्त रकम कोषका लागि विभिन्न नौ वटा बैंकमा खोलिएका खातामा जम्मा भएको हो ।

    सरकारले यसअघि कोषबाट बाढीपीडितको राहतका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

    यसैगरी, कोषका दुई वटा बैंकमा रहेका अमेरिकी डलर खातामा पनि सहयोग रकम बढिरहेको छ । भदौ २६ गते साँझ ५ बजेपछि ती खातामा १ लाख ५४ हजार ७७० अमेरिकी डलर थपिएको छ ।

    थप रकमसहित डलर खातामा कुल २ करोड ३४ लाख ३८ हजार ८४७ अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend