२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ जना घाइते


सञ्चार डबली
  • शनिबार, भदौ २७ २०८३
  • 1.0K
    SHARES

  • images
    सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ जना घाइते

    रूपन्देही । सल्यानको त्रिवेणी गाउँपालिका वडा न ५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

    शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला सल्यान, त्रिवेणी गाउँपालिका–५ सिम्ख बस्ने २४ वर्षीय भुपाल पुनसहित ६ जना घाइते भएका थिए ।

    घाइतेमध्ये २ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएकोमा बिहान सबा १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका छन् ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान, त्रिवेणी गा।पा।(०६ पोखरी बस्ने वर्ष ८ को रेशम बुढाथोकी त्रिवेणी वडा नं ५ सल्ले बस्ने वर्ष १८ की बिपना बुढाथोकी रहेका छन् । सो घटनामा परेर घाइते हुनेमा चालक सल्यान, त्रिवेणी गा।पा। ५ सिम्ख बस्ने वर्ष २४ को भुपाल पुन, सोही वडाका वर्ष २९ को पारस बोहरा, वर्ष ५० को डिल्लीबहादुर वली, वडा नं ६ बस्ने वर्ष ४२ की लालमति बुढाथोकी रहेका छन् ।

    घाइते ४ जनालाई त्रिवेणी हेल्थ केयर लुहाम सल्यानमा सामान्य उपचार पश्चात थप उपचारको लागि दाङ घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend