२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्ली पुगे


सञ्चार डबली
  • शुक्रबार, भदौ २६ २०८३
  • 2.8K
    SHARES

  • images
    ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्ली पुगे

    काठमाडौँ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार नयाँदिल्ली पुगेका छन् । ११ सदस्य राष्ट्र सहभागी हुने ब्रिक्स सम्मेलन सेप्टेम्बर १२ देखि सुरु हुँदैछ ।

    सम्मेलनअघि सेप्टेम्बर ११ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने भएका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार मोदी र पुटिनबीच भेटवार्ता हुने बताइएको छ ।

    पुटिनपछि मोदीले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरूबीच साँझ साढे ६ बजे भेटवार्ता हुने जनाइएको छ । ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजना हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend