२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाढी प्रभावितका लागि तत्काल अस्थायी पुनःस्थापना गर्न सरकारसँग कांग्रेसको माग


सञ्चार डबली
  • शुक्रबार, भदौ २६ २०८३
  • 1.6K
    SHARES

  • images
    बाढी प्रभावितका लागि तत्काल अस्थायी पुनःस्थापना गर्न सरकारसँग कांग्रेसको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा तथा अस्थायी पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिका असुरक्षा र स्वास्थ्य जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।


    उनले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्णरूपमा विच्छेद भएकाले तत्काल वैकल्पिक यातायातको व्यवस्था गर्न पनि माग गरे ।

    बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्रै आवतजावतको समस्या समाधान नहुने भन्दै उनले कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न सरकारसँग आग्रह गरे ।

    ‘बाढीग्रस्त रसुवा तथा नुवाकोटका होल्डिङ सेन्टरमा रहेका पीडितहरू, खासगरी महिला, वृद्ध तथा बालबालिकाहरू अत्यन्त अप्ठ्यारो परिस्थितिमा छन् । उनीहरूलाई अझ बढी संरक्षण, सुरक्षा र व्यवस्थापनको आवश्यकता छ,’ उनले भने, ‘पीडितहरूलाई यथाशीघ्र सुरक्षित र अस्थायी पुनःस्थापना मिलाउन सरकारसँग जोडदार माग गर्दछु ।’


    उनले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन पनि सरकारसँग आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend