२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला, ५ हजार १३२ जना सम्पर्कविहिन


सञ्चार डबली
  • बुधबार, भदौ २४ २०८३
  • 1.0K
    SHARES

  • images
    भोटेकोशी बाढीपछि हालसम्म १३६७ जनाको शव फेला, ५ हजार १३२ जना सम्पर्कविहिन

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३६७ जनाको शव फेला परेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३६७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७५, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । त्यस्तै काठमाडौँमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म १०२ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

    प्राधिकरणका अनुसार अहिलेसम्म ५ हजार १३२ जना सम्पर्कविहिन रहेका छन् । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना रहेका छन् । त्यस्तै नुवाकोटबाट सम्पर्कविहिन भएका १७८७ र जिल्लाका ६५१ तथा विदेशी पर्यटक ५८७ जना रहेका छन् ।

    प्राधिकरणले अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको जानकारी दिएको छ । प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिउएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend