२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चिलिमे सुरुङमा उद्धार तीव्र, थुनिएकाहरू जीवितै भेटिने आशा


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 2.2K
    SHARES

  • images
    चिलिमे सुरुङमा उद्धार तीव्र, थुनिएकाहरू जीवितै भेटिने आशा

    काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा थुनिएका व्यक्तिहरूको उद्धार कार्य तीव्र पारिएको छ । 

    आयोजना स्थलमा रहेका सुरुङ विज्ञ एवं सांसद श्रीराम न्यौपानेले दिएको जानकारी अनुसार सुरुङभित्रको पावरहाउस क्षेत्रमा सुरक्षित स्थान रहेको र त्यहाँ खाद्यान्नको समेत उपलब्धता भएकाले थुनिएका व्यक्तिहरू जीवितै फेला पर्ने उच्च सम्भावना देखिएको बताएका छन् । 

    आयोजना स्थलमा रहेका न्यौपानेले उद्धार टोली अहिले पावरहाउस क्षेत्रभन्दा करिब १०० मिटरको दूरीमा पुगेको बताएका छन् । सुरुङको डिजाइन र संरचनालाई विश्लेषण गर्दा पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको रहेको छ ।

    हाल सुरुङभित्र लेदो मिसिएको पानीको सतहको अवस्था हेर्दा पावरहाउसको माथिल्लो भागमा २ देखि ८ मिटरसम्म खुला सुरक्षित स्थान रहने अनुमान गरीएको छ । 

    हालसम्म उद्धार टोलीले सुरुङभित्र ९० मिटरको दूरी पार गरिसकेको छ । बाँकी दूरी पार गरी भोलिसम्ममा एक्स्काभेटरलाई पावरहाउसको पहुँच मार्गसम्म पुर्‍याउने लक्ष्य राखिएको न्यौपाने जनाएका छन्।

    सुरुङभित्र थुनिएको अवस्थामा अक्सिजन र हावाको गुणस्तर सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यदि पानी उपलब्ध छ र शारीरिक गतिविधि कम गरेर ऊर्जा बचत गरिएको छ भने खाना बिना पनि शरीरले १४ दिन वा सोभन्दा बढी समयसम्म बाँच्न सक्ने क्षमता राख्छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend