२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रसुवामा हालै आएको बाढीबाट प्रभावितका लागि नाइमाद्वारा ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 1.9K
    SHARES

  • images
    रसुवामा हालै आएको बाढीबाट प्रभावितका लागि नाइमाद्वारा  ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण

    काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

    नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम सहयोग गरेको हो । सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।

    सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इन्क (बिवाइडी)का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको डिजिटल एजेन्सी डिजीपलका तर्फबाट उत्सव कार्की सहभागी थिए ।

    सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल भावना विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु रहेको बताइन् ।

    उनले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकट तथा विपद्का समयमा नाइमा सरकार र प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् ।

    “यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले भनिन् ।

    सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले नाइमाले प्रदान गरेको सहयोगको प्रशंसा गरे । उनले विपद्को संवेदनशील तथा कठिन घडीमा प्राप्त यस्तो सहयोग अत्यन्त मूल्यवान् रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend