२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

जेनजी दिवसकै कार्यक्रमबाट निकालिए जेनजी घाइते, सरकारको विरोध गरेको आरोप


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 1.0K
    SHARES

  • images
    जेनजी दिवसकै कार्यक्रमबाट निकालिए जेनजी घाइते, सरकारको विरोध गरेको आरोप

    काठमाडौं : जेनजी आन्दोलनको स्मरणमा आयोजित कार्यक्रममा आन्दोलनकै घाइतेलाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको भूमिकामाथि प्रश्न उठेको छ। मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित जेनजी दिवसको कार्यक्रममा गृहमन्त्रीसहित सरकारका मन्त्रीहरू सहभागी थिए। सोही कार्यक्रममा जेनजी आन्दोलनका घाइते पवन खड्काले आन्दोलनका घाइते तथा प्रभावितका समस्या सम्बोधन गर्न सरकार असफल भएको भन्दै आवाज उठाएका थिए।

    सरकारले आन्दोलनका क्रममा घाइते भएका युवाका लागि प्रभावकारी काम नगरेको भन्दै खड्काले आफूलाई कार्यक्रममा बोल्न दिनुपर्ने माग गरेका थिए। उनले सरकारसँग घाइतेहरूको उपचार, राहत तथा पुनर्स्थापनासहितका विषयमा जवाफ माग्दै विरोध जनाएपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्।

    खड्का गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन्। आन्दोलनपछि सरकारले घाइते तथा प्रभावितका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि प्रभावकारी काम नभएको भन्दै उनीलगायत घाइतेहरूले असन्तुष्टि जनाउँदै आएका छन्। जेनजी आन्दोलनको स्मरणमा आयोजित कार्यक्रममा आन्दोलनकै घाइतेले सरकारसँग जवाफ माग्दा नियन्त्रणमा लिइनुले कार्यक्रमको उद्देश्य र सरकारको व्यवहारमाथि प्रश्न उठेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend