२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाढी पीडितकाे राहतका लागि युनिलिभर नेपालले सरकारलाई दियो ५ करोड, २६ टन सामग्री वितरण


सञ्चार डबली
  • मंगलबार, भदौ २३ २०८३
  • 1.3K
    SHARES

  • images
    बाढी पीडितकाे राहतका लागि युनिलिभर नेपालले सरकारलाई दियो ५ करोड, २६ टन सामग्री वितरण

    काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब ६ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।

    कम्पनीले राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । साथै, करिब १ करोड रुपैयाँ मूल्य बराबरका २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री समेत उपलब्ध गराएको छ ।

    युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए ।

    उनले नेपालले चुनौतीपूर्ण परिस्थितिमा धैर्यता र सहनशीलता देखाउँदै आएको उल्लेख गर्दै राहत प्रयासमा सहयोग पुर्‍याउने र प्रभावित परिवारलाई पुनर्स्थापनाको यात्रामा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

    युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित पहलमार्फत समुदायलाई सहयोग गर्दै आएको जनाएको छ । कम्पनीले पछिल्लो सहयोगले बाढी प्रभावित समुदायलाई राहत पुर्‍याउनुका साथै विपद्को सामना गर्न सामूहिक प्रयासलाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend