२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

५० हजार घुसले कलंकीमा कार्यरत नापी अधिकृत र सर्भेक्षक परे अख्तियारको फन्दामा


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 1.7K
    SHARES

  • images
    ५० हजार घुसले कलंकीमा कार्यरत नापी अधिकृत र सर्भेक्षक परे अख्तियारको फन्दामा

    नापी कार्यालय कलंकीमा कार्यरत तत्कालीन सर्भेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चन्द्रागिरी नगरपालिका–९ मा रहेको जग्गा हालसाविक तथा प्लट मिलानको काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग दुवै कर्मचारीले रु ५० हजार घुस मागेको उजुरी परेको थियो।

    उजुरीमाथि अनुसन्धान गर्दा श्रेष्ठ र पार्धेले भूमि प्रशासन कार्यालय (साविक भूमिसुधार तथा मालपोत कार्यालय) कलंकीमा दर्ता श्रेस्ता कायम रहेको साविक मच्छेगाउँ–९ग (हाल चन्द्रागिरी–९ग) स्थित जग्गा हालसाविक गरी प्लट मिलानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको पुष्टि गरेको छ । 

    आयोगका अनुसार उनीहरूले नियम अनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख–हैरानी दिएको र घुसबापत माग गरिएको रकम आफूले प्रत्यक्ष नलिई कार्यालय सहयोगीलाई दिन निर्देशनसमेत दिएको अनुसन्धानबाट खुलेको छ।

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले दुवै प्रतिवादीविरुद्ध रु ५० हजार बिगो कायम गरेको छ।

    आयोगले अमित कुमार श्रेष्ठ र हिरालाल पार्धेलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवाना गर्न मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend