२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 979
    SHARES

  • images
    हिमालयन लाइफ इन्स्योरेन्सद्धारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग गरेको छ । हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्घार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको हो ।

    हिमालयन लाइफका अध्यक्ष नारायण बजाजले ५१ लाख रुपैयाँको सहयोग रकम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्य तथा खेतान ग्रुपका अध्यक्ष राजेन्द्रकुमार खेतानको उपस्थिति रहेको थियो ।

    इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले पनि रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् ।

    त्यसैगरी इन्स्योरेन्सले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले बृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेर सहयोग गरेको छ ।

    कम्पनीले प्राकृतिक विपद तथा विभिन्न कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको छ ।

    इन्स्योरेन्ले बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend