२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

मुक्तिनाथ विकास बैंक लि. ले जानकी फाइनान्स कम्पनी लि. र सिन्धु विकास बैं लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता सम्पन्न


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 1.0K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंक लि. ले जानकी फाइनान्स कम्पनी लि. र सिन्धु विकास बैं लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता सम्पन्न

    काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ ।

    उक्त सम्झौता पत्रमा तीन वटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको हो । वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ती प्रक्रिया अघि बढाइएको हो ।

    Janaki Finance.jpg
    undefined
    Sindhu-Bikash-Bank-Ltd.jpg
    undefined

    प्रारम्भिक सम्झौता अनुसार प्रस्तावित प्राप्ती सम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (Due Diligence), शेयर आदान–प्रदान सम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

    प्रस्तावित प्राप्ती नेपाल राष्ट्र बैंक तथा प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ । 

    तीन वटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानूनी एवं नियामकीय व्यवस्था अनुरूप अघि बढाउँदै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend