२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल


सञ्चार डबली
  • सोमबार, भदौ २२ २०८३
  • 2.4K
    SHARES

  • images
    आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

    काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६ सेप्टेम्बर ७ तारिख। भदौ कृष्ण पक्षको एकादशी तिथि। अजा एकादशी व्रत ।  निजामती सेवा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

    मेष : दिन राम्रो छ । सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ।

    वृष :  काम बन्ने दिन छ । तपाईंको बोलीको प्रभाव रहने छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ।

    मिथुन : शुभ दिन छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    कर्कट : सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। पारिवारिक झमेला हुनेछ ।

    सिंह : दिन सामान्य भएकाले हरेक काममा सतर्क रहनुपर्नेछ । व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्ने छ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्ने छ।

    कन्या : समय खर्चालु छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । मन शान्त बन्ने छ। परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

    तुला : आज गुम्न लागेको धन हात लाग्नेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । निर्णय गर्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : अनावश्यक यात्रामा खर्च बढ्ने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल अर्कैले खाने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ।

    धनु : दिन राम्रो छ। पुराना रोगबाट छुटकारा पाउने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

    मकर : दिन सामान्य भए पनि साथीको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजाका लागि केही समय कुर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    कुम्भ : दिन सामान्य छ । सानो कुराले मनमा झन्झट थपिने छ। रोगले सताउने छ। मनमा चिन्ता थपिने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

    मीन : दिन राम्रो छ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको मिहिनेत सफल बन्ने छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend