२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कृष्णभिर ट्र्याक खोल्ने काम जारी


सञ्चार डबली
  • शनिबार, भदौ २० २०८३
  • 1.2K
    SHARES

  • images
    कृष्णभिर ट्र्याक खोल्ने काम जारी

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पहिरो गएको स्थानको भित्री तथा माथिल्लो भागबाट नयाँ ट्र्याक खोल्ने काम तीव्र पारिएको छ ।

    हालसम्म दुवैतर्फ गरी करिब २५२ मिटर अस्थायी ट्र्याक खनिएको सडक बिभागले जानकारी दिएको छ । दुवैतर्फबाट खनिएको ट्र्याक जोडिइसकेको छ भने उक्त ट्र्याकबाट उत्खननका लागि प्रयोग हुने मेसिन आवतजावत गर्न सक्ने गरी प्रारम्भिक बाटो तयार गरिएको हो ।

    सडक विभागका अनुसार यो तत्कालका लागि मेसिन सञ्चालन गर्न बनाइएको प्रारम्भिक ट्र्याक भएकाले डिजाइनअनुसार सावधानीपूर्वक काम भइरहेको छ ।

    पहिरो गएको स्थानको अवस्थाअनुसार सडकको माथिल्लो भागबाट करिब २७ मिटर माथि हुँदै नयाँ बाटो खोल्ने योजना छ। यसका लागि कुल करिब ३७० मिटर नयाँ बाटो निर्माण गरिने योजना बनाइएको छ । नयाँ सडक करिब ७ मिटर चौडा बनाउने विभागले बताएको छ । 

    बाटो खोल्ने क्रममा बिहीबारदेखि रुख काट्ने तथा सडक छेउमा रहेका तारजालीका संरचना हटाउने कामसमेत सुरु गरिएको थियो । यातायात सञ्चालन सहज बनाउन नयाँ ट्र्याक निर्माणको कामलाई तीव्रता दिइएको सडक विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend