२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी


सञ्चार डबली
  • शनिबार, भदौ २० २०८३
  • 1.1K
    SHARES

  • images
    चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

    रसुवा । चिलिमे जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि प्रयास निरन्तर जारी रहेको छ । भौगोलिक विकटता, प्रतिकूल मौसम तथा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ ।

    हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै खटिएर माटो तथा भारी भग्नावशेष हटाउने काम गरिरहेका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ ।

    म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलमा पुर्‍याउनुपर्ने भएको छ । त्यसका लागि स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम आजदेखि अघि बढाइएको छ । सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पका लागि पनि करिब १०० मिटर क्षेत्रमा रहेको माटो हटाउने काम भइरहेको छ । ठूला हेलिकोप्टर अवतरण गर्न नसक्ने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउने प्रयाससमेत जारी रहेको छ ।

    उद्धार कार्य चुनौतीपूर्ण भए पनि रोकिएको नरोकिएको र पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्रको उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको उर्जा मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend