२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढीपीडितलाई सतपालजी महाराजले गरे १० लाख सहयोग


सञ्चार डबली
  • शनिबार, भदौ २० २०८३
  • 2.1K
    SHARES

  • images
    भोटेकोशी बाढीपीडितलाई सतपालजी महाराजले गरे १० लाख सहयोग

    मानव धर्मका प्रणेता एवं भारतको उत्तर प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

    गएको भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए ।

    साथै सम्पूर्ण उत्तराखण्ड र भारत सरकार नेपाललाई आवश्यक पर्ने हरेक सहयोगका लागि तयार रहेको स्पष्ट पार्दै उनले यो दुःखको घडीमा सबैलाई संयमित रहन र पीडितसँग ऐक्यबद्धता जनाउन अपिल गरेका थिए । यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको विशेष उपस्थितिमा बाढीका मृतकहरूको स्मरणमा एक श्रद्धाञ्जली सभासमेत सम्पन्न भइसकेको छ ।

    सोही ऐक्यबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै मन्त्री सतपालजी महाराज आज दिल्लीस्थित नेपाली राजदूतावासमा पुगेका थिए । उनले दूतावासका कार्यवाहक राजदूत डा। सुरेन्द्र थापालाई भेट गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैविप्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी १० लाख रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

    विपद्को यस कठिन घडीमा प्राप्त भएको यस मानवीय सहयोगप्रति नेपाल पक्षले आभार प्रकट गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend