२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सङ्खुवासभामा गोली हानेर शिक्षकको हत्या


सञ्चार डबली
  • शुक्रबार, भदौ १९ २०८३
  • 2.3K
    SHARES

  • images
    सङ्खुवासभामा गोली हानेर शिक्षकको हत्या

    सङ्खुवासभा– सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ ।

    मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो ।

    विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उहाँमाथि गोली प्रहार भएको शिक्षिका टिकामाया राईले जानकारी दिनुभएको प्रहरीले जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend