२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बाढीपहिरो प्रभावितलाई ३३ लाख ५३ हजार रुपैयाँ सहयोग


सञ्चार डबली
  • बिहीबार , भदौ १८ २०८३
  • 1.7K
    SHARES

  • images
    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बाढीपहिरो प्रभावितलाई ३३ लाख ५३ हजार रुपैयाँ सहयोग

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र कम्पनीमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि ३३ लाख ५३ हजार १८ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ र कर्मचारीहरूले आफ्नो एक दिनको तलबबाट संकलन गरेको ८ लाख ५३ हजार १८ रुपैयाँ गरी कुल ३३ लाख ५३ हजार १८ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

    भदौ १० गते बिहान रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजकुमार खड्काले बीमा कम्पनीको भूमिका जोखिम हस्तान्तरण र वित्तीय सुरक्षामा मात्र सीमित नरहेको बताए । समुदायप्रतिको जिम्मेवारी निर्वाह गर्नु पनि संस्थागत दायित्वको अभिन्न हिस्सा रहेको उनको भनाइ छ ।

    कम्पनीले सहयोगले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनर्स्थापनामा सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी दिनमा पनि आवश्यकता र सम्भाव्यताका आधारमा प्रभावित समुदायको राहत तथा पुनर्स्थापनासँग सम्बन्धित पहलमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend