प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारका तर्फबाट भइरहेका उद्धार, राहत र पुनःस्थापना सम्बन्धी कामकारबाहीबारे सदनलाई स्पष्ट पारेका छन्।
बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री शाहले बाढीलगत्तै प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री पुर्याउन सरकारी संयन्त्रहरू तत्काल परिचालन गरिएको बताए। उनले पीडितहरूको उद्धार, राहत वितरणका साथै अवरुद्ध बनेका सडक र सञ्चार सेवा पुनः सञ्चालनका लागि निरन्तर काम भइरहेको जानकारी गराए।
साथै, प्रधानमन्त्री शाहले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको अन्तिम विवरण संकलनको क्रममा रहेको र प्रभावित क्षेत्रको जीवनस्तर सामान्य बनाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको प्रतिबद्धता जनाए।



