२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भोटेकोशी बाढी प्रभावितलाई रिलायन्स स्पिनिङ मिल्सको १ करोड सहयोग


सञ्चार डबली
  • मंगलबार, भदौ १६ २०८३
  • 1.4K
    SHARES

  • images
    भोटेकोशी बाढी प्रभावितलाई रिलायन्स स्पिनिङ मिल्सको १ करोड सहयोग

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ दिएको छ ।

    कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले सोमबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

    कम्पनीले प्राकृतिक विपत्तिका बेला नागरिक र सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत रकम प्रदान गरेको जनाएको छ ।

    गोल्याण ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो । कम्पनीले सुनसरीको दुहबी र खनारमा उद्योग सञ्चालन गर्दै आएको छ ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, चितवन, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ । सोमबारसम्म ९ सय ३ जनाको शव फेला परेको छ भने करिब ४ हजार जना अझै बेपत्ता छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend