२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाढीपीडितका लागि शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङ्सको २१ लाख सहयोग


सञ्चार डबली
  • सोमबार, भदौ १५ २०८३
  • 1.3K
    SHARES

  • images
    बाढीपीडितका लागि शिवम् सिमेन्टको ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङ्सको २१ लाख सहयोग

    काठमाडौँ / शिवम् सिमेन्ट लिमिटेडले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ। भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले सहयोगको घोषणा गरेको हो । 

    शिवम् सिमेन्टले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रति परिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओपिसि सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

    त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

    उक्त रकमले बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

    शिवम् सिमेन्टले विपद्को यस कठिन घडीमा सरकार, स्थानीय निकाय तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै प्रभावित नागरिकहरूको जीवन पुनःस्थापना कार्यमा साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend