२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सेनाले अहिलेसम्म ३३० जनाको जिवित उद्धार गर्‍यो


सञ्चार डबली
  • सोमबार, भदौ १५ २०८३
  • 1.4K
    SHARES

  • images
    सेनाले अहिलेसम्म ३३० जनाको जिवित उद्धार गर्‍यो

    काठमाडौं । रसुवा बाढीका क्रममा विभिन्न स्थानमा फसेका ३३० मानिसको नेपाली सेनाले जिवित उद्धार गरेको छ । रसुवागढी हाईड्रो पावर कम्पनीको सुरुङ्गमा कोही पनि नभेटिएपछि सेना रित्तो हात फर्किएको छ ।

    सैनिक मुख्यालयद्वारा जारी अपडेटअनुसार सोमबार दिउँसो १ः३० सम्मा ३३० जनाको उद्धार गरेको हो ।

    सेनाले त्रिशूली-३ हाइड्रो पावरको टनेलमा करिब १५ मिटरभित्र विज्ञ फौजसहित खोज उद्धारको कार्य भइरहेको छ।

    रसुवागढी हाइड्रोको टनेलमा खोज उद्धार गर्ने क्रममा करिब २५० मिटरमा रहेको सुरुङ्गको अन्तिम भागसम्म संयुक्त टोली पुग्दा कोही पनि मानिस फेला परेनन् ।

    सेनाले बाढी प्रभावित विभिन्न जिल्लामा ८ हजार ९ सयभन्दा बढी फौज खटाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend