२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल


सञ्चार डबली
  • सोमबार, भदौ १५ २०८३
  • 583
    SHARES

  • images
    हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

    हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल सर्वसम्मत चयन भएका छन् । बैंकको सञ्चालक समितिको ४०६ औँ बैठकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

    यसअघि बैंकका अध्यक्ष रहेका प्रचण्ड बहादुर श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका थिए । भदौ १४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी स्वीकृत गरेको छ ।

    त्यसपश्चात् रिक्त भएको अध्यक्ष पदमा बैंकको संस्थापक समूह तर्फका शेयरधनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक बैकुण्ठ अर्याललाई तत्काल लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend