२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पहिरो खस्दा विभिन्न स्थानका सडकमा यातायात अवरुद्ध


सञ्चार डबली
  • सोमबार, भदौ १५ २०८३
  • 1.6K
    SHARES

  • images
    पहिरो खस्दा विभिन्न स्थानका सडकमा यातायात अवरुद्ध

    काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७  कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ । त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ ।

    त्यसैगरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend