२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

वचन न्युजद्धारा रसुवाका बाढीपीडितलाई राहात सामाग्री हस्तान्तरण


सञ्चार डबली
  • आइतबार, भदौ १४ २०८३
  • 957
    SHARES

  • images
    वचन न्युजद्धारा रसुवाका बाढीपीडितलाई राहात सामाग्री हस्तान्तरण

    बाढीपहिरो प्रभावितको सहयोगका लागि वचन न्युजको टोली राहत सामग्रीसहित रसुवा पुगेको छ।

    जोखिमपूर्ण सडकका कारण टोलीले रातभर बाटोमै बस्नुपरे पनि आइतबार बिहान रसुवा पुगेर बाढीपीडित परिवारलाई कपडा, खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको हो।

    राहत वितरणका लागि वचन न्युजका पत्रकार सीमा ठकुरी, ओमकृष्ण श्रेष्ठ र सहयोगी राजन श्रेष्ठ रसुवा पुगेका थिए।

    राहत सामग्री खरिदका लागि आवश्यक सहयोग भने अस्ट्रेलियाको सिड्नीस्थित गस्पेल नेपाली चर्चका युवाहरूले जीव रायमाझीको नेतृत्वमा जुटाएका थिए। राहत अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने रायमाझीले बताएका छन्।

    राहत वितरणका क्रममा टोलीका कमाण्डर ओमकृष्ण श्रेष्ठले विपद्को समयमा पीडितको साथमा उभिनु आफ्नो जिम्मेवारी भएको बताए।

    “हामी समाचार संकलन र सूचना सम्प्रेषण गर्न मात्र आएका होइनौँ। पीडितको दुःखमा सकेको सहयोग गर्न र उनीहरूको साथमा उभिन आएका हौँ। यो हाम्रो कर्तव्य हो,” श्रेष्ठले भने।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend