२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कृष्णभीरमा बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध


सञ्चार डबली
  • आइतबार, भदौ १४ २०८३
  • 1.8K
    SHARES

  • images
    कृष्णभीरमा बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

    धादिङ । त्रिशूली नदीमा आएको बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

    भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढेपछि धादिङको कृष्णभीर क्षेत्रमा नदीले सडकको तल्लो भाग कटान गरेको हो। कटानका कारण सडक केही भासिएपछि यातायात सञ्चालन पूर्ण रूपमा बन्द भएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले जानकारी दिएकी छन् ।

    आज बिहान केही समय सडक अवरुद्ध भए पनि पुनः सञ्चालनमा आएको थियो। तर, केही समयमै बाढीले थप कटान गरेपछि सडक पूर्णरूपमा बन्द भएको हो ।

    सडक अवरुद्ध भएपछि दुवैतर्फका यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । त्रिशूली नदीमा बाढीको बहाव उच्च रहेकाले सडकमा थप क्षति हुन सक्ने जोखिमसमेत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend