२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाललाई चीनको २० लाख डलर सहयोग, दुई कार्गो विमान र सुरुङ उद्धार टोली पठाउँदै


सञ्चार डबली
  • शनिबार, भदौ १३ २०८३
  • 3.0K
    SHARES

  • images
    नेपाललाई चीनको २० लाख डलर सहयोग, दुई कार्गो विमान र सुरुङ उद्धार टोली पठाउँदै

    काठमाडौं : चीनले बाढीपहिरो प्रभावित नेपाललाई २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ। चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान तथा सुरुङ उद्धारसम्बन्धी विशेषज्ञका दुई टोली समेत नेपाल पठाउने तयारी गरेको छ।

    परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनबाट प्राप्त हुने सहयोगमा नगद सहायता, राहत सामग्री तथा प्राविधिक जनशक्ति समावेश छन्। चीनले यसअघि पनि नेपाललाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

    भोटेकोशी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि नेपालले प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै प्राविधिक सहयोगलाई प्राथमिकता दिएको छ। विशेषगरी सुरुङमा फसेकाको उद्धार, क्षतिग्रस्त सडक तथा सञ्चार सम्पर्क पुनःस्थापना, शव पहिचान र डीएनए परीक्षणलगायतका क्षेत्रमा विशेषज्ञ सहयोग आवश्यक रहेको सरकारले जनाएको छ।

    चीनबाट आउने सुरुङ उद्धार विशेषज्ञ टोलीले नेपाली उद्धार तथा सुरक्षा निकायसँग समन्वय गरी जोखिमयुक्त संरचना तथा सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारमा सहयोग गर्नेछ।

    नेपालमा आएको विपद्पछि चीनसँगै भारत, दक्षिण कोरिया, अमेरिका, बेलायत, जापान, युरोपेली संघलगायत विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाले सहयोगको घोषणा गरेका छन्।

    भारतले भने राहत सामग्रीसहितका कार्गो उडान नेपाल पठाइसकेको छ। भारतबाट पछिल्लो पटक थप १० टन मानवीय सहायता नेपाल ल्याइएको छ। उक्त सहयोगमा पोर्टेबल जेनेरेटर, खाद्यान्न, पानी शुद्धीकरणका सामग्रीलगायत राहत सामग्री छन्।

    भारतले सुरुङ उद्धारका लागि चिकित्सक, प्यारामेडिक तथा प्राविधिक टोलीसमेत परिचालन गरेको जनाएको छ। बाढी तथा पहिरोका कारण नेपालका उत्तरी जिल्लामा सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि उद्धार तथा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन कठिनाइ भइरहेको छ। यसलाई सहज बनाउन सरकारले भारत र चीनसँग अस्थायी बेलीब्रिज निर्माणमा सहयोग समेत मागेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend