२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बाढीपीडितको उद्धारमा भारतको सहयोग जारी, तेस्रो उडानमार्फत राहत सामग्री र उद्धार टोली आइपुग्यो


सञ्चार डबली
  • शनिबार, भदौ १३ २०८३
  • 1.4K
    SHARES

  • images
    बाढीपीडितको उद्धारमा भारतको सहयोग जारी, तेस्रो उडानमार्फत राहत सामग्री र उद्धार टोली आइपुग्यो

    भारतबाट बाढी प्रभावित नेपालका लागि राहत सामग्री तथा उद्धार टोलीसहितको तेस्रो उडान काठमाडौं आइपुगेको छ।

    भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत तेस्रो उडान काठमाडौं पुगेको जानकारी दिएका हुन्। उनका अनुसार उक्त उडानमार्फत राहत सामग्रीसँगै ११ सदस्यीय मेडिकल तथा टनेल उद्धार टोली नेपाल पुगेको छ।

    यसअघि भारतले नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग गर्न १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको थियो। भारतले उक्त सहायता सामग्री नेपालमा बाढी प्रभावितको उद्धार तथा राहतका लागि परिचालन हुने जनाएको थियो।

    भारतले पहिलो चरणमा पठाएको मानवीय सहायता तथा औषधिपछि थप राहत सामग्री र विशेषज्ञ टोलीसहितका उडान नेपाल पठाएको हो। पछिल्लो उडानसँगै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार, खोज तथा उद्धार, विशेषगरी सुरुङमा फसेकाको उद्धारका लागि भारतीय टोली परिचालन भएको छ।

    जयशंकरले यसअघि पनि नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका थिए। भारतले विपद्को यस कठिन घडीमा नेपाललाई आवश्यक मानवीय सहयोग जारी राख्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend