२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रसुवा बाढी : वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी


सञ्चार डबली
  • शुक्रबार, भदौ १२ २०८३
  • 1.3K
    SHARES

  • images
    रसुवा बाढी : वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी

    काठमाडौं । रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी वीर अस्पतालमा ल्याइएका सात जनामध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका सात जनालाई उद्धार गरीे ल्याइएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका हुन् ।

    हाल वीर अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ । उपचाररत दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं इएका अन्य १८ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

    सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । घाइतेका आफन्तजन अस्पताल पुगेर आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend