२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नयाँ मोडलमा आयो लिपमोटर सी-१०, ‘नाडा अटो शो’ मा २ लाख छुट


सञ्चार डबली
  • शुक्रबार, भदौ १२ २०८३
  • 1.9K
    SHARES

  • images
    नयाँ मोडलमा आयो लिपमोटर सी-१०, ‘नाडा अटो शो’ मा २ लाख छुट

    काठमाडौं । नेपालमा लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले लिपमोटर सी–१० को नयाँ २०२६ मोडल सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ सी–१० प्रदर्शनमा राखेको हो ।

    कम्पनीका अनुसार नाडा अटो शोमा सी-१० को बुकिङ ७५ लाख ९९ हजार रुपैयाँमा गर्न सकिनेछ । यसको नियमित बजार मूल्य ७७ लाख ९९ हजार रुपैयाँ रहेको छ । अर्थात् शोमा बुकिङ गर्दा २ लाख रुपैयाँ छुट पाइनेछ ।

    नयाँ सी–१० मा स्मार्ट कनेक्टिभिटीका साथै विभिन्न नयाँ सुविधा थप गरिएको कम्पनीले जनाएको छ । गाडीमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन रहेको छ । त्यस्तै, लेभल–२ एडास, २.१ वर्गमिटरको पानोरामिक ग्लास रूफ र प्रिमियम लेदरेट सिट पनि उपलब्ध छन् ।

    सी–१० मा १९० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा १६० किलोवाटको इलेक्ट्रिक रियर ह्विल ड्राइभ मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एक पटक फुल चार्ज गर्दा ५३० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।

    सी–१० नेपालमा लिपमोटरको लोकप्रिय मोडलमध्ये एक हो । यो एसयूभी सेल–टु–चेसिस प्रविधिमा निर्माण गरिएको कम्पनीको भनाइ छ । यस प्रविधिले गाडीको सुरक्षा र केबिन स्पेसलाई थप प्रभावकारी बनाउने बताइएको छ ।

    लिपमोटर स्टेलान्टिस समूहसँगको विश्वव्यापी सहकार्यमा सञ्चालन हुँदै आएको विद्युतीय सवारी ब्रान्ड हो । कम्पनीका अनुसार लिपमोटरले विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend