२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रसुवामा हाइड्रोको सुरुङमा फसेका दुई जनाको नेपाली सेनाबाट उद्धार


सञ्चार डबली
  • शुक्रबार, भदौ १२ २०८३
  • 1.7K
    SHARES

  • images
    रसुवामा हाइड्रोको सुरुङमा फसेका दुई जनाको नेपाली सेनाबाट उद्धार

    काठमाडौँ । त्रिशूली-१ जलविद्युत् आयोजनामा फसेका दुई कर्मचारीको नेपाली सेनाले आज बिहान उद्धार गरेको छ । 

    सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन । उनीहरूको खोजी तथा उद्धारका लागि सेनाको टोली निरन्तर परिचालन भइरहेको छ ।

    सुरुङभित्रको अवस्था निकै कठिन रहे पनि नेपाली सेनाले आवश्यक प्राविधिक उपकरण तथा विशेष तालिमप्राप्त उद्धार टोली परिचालन गरेको छ । बाँकी रहेका व्यक्तिको खोजी गरी सकुशल उद्धार गर्ने प्रयास जारी रहेको सेनाले जनाएको छ ।

    त्यस्तै, त्रिशूली–३ ‘ए’मा फसेका हाइड्रो इन्जिनियरसहित ३५ जनाको टोलीको अझै उद्धार गरिएको छैन भने उनीहरूको छिटो उद्धारको पर्खाइमा छन् ।

    सुरुङभित्र अक्सिजनको अभाव हुने हुँदा जोखिम थप बढेको छ भने विद्युत् आयोजनाको सुरुङमार्गको प्रवेशद्वार पुरिएकाले उनीहरुको उद्धारमा कठिनाई  भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend