२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा


सञ्चार डबली
  • बिहीबार , भदौ ११ २०८३
  • 605
    SHARES

  • images
    MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

    काठमाडौं। हिमालय अर्गनाइजेसनअन्तर्गत MAXUS Nepal ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

    SAIC MAXUS Automotive Co., Ltd. चीनसँगको समन्वयमा घोषणा गरिएको सहयोगमध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने भएको छ। बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी सामाजिक संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा प्रभावित क्षेत्रमा वितरण गरिने MAXUS नेपालले जनाएको छ।

    राहत सामग्री बाढीबाट सबैभन्दा बढी प्रभावित र तत्काल सहयोग आवश्यक रहेका क्षेत्र पहिचान गरी वितरण गरिनेछ। सामग्रीको प्रकृति, वितरण क्षेत्र तथा कार्यतालिका सम्बन्धित निकायसँगको समन्वयपछि तय गरिने कम्पनीले जनाएको छ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत जानकारी तयारी पूरा भएपछि सार्वजनिक गरिने बताइएको छ।

    MAXUS नेपालले यो सहयोगलाई नेपाल र नेपाली जनताप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता तथा सामाजिक उत्तरदायित्वको हिस्सा भएको जनाएको छ। कम्पनीले घोषित सहयोग पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै राहत तथा पुनर्स्थापनामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    MAXUS नेपालले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रको सुरक्षित र शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।

    MAXUS Nepal (Himalaya Motrox Pvt. Ltd.) नेपालका लागि SAIC MAXUS सवारीसाधनको आधिकारिक वितरक हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend