२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रसुवा बाढी : नेपाली सेनाद्वारा १२३ जनाको सकुशल उद्धार


सञ्चार डबली
  • बिहीबार , भदौ ११ २०८३
  • 1.5K
    SHARES

  • images
    रसुवा बाढी : नेपाली सेनाद्वारा १२३ जनाको सकुशल उद्धार

    काठमाडौं । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका १ सय २३ जनालाई नेपाली सेनाले आज बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरेको छ ।

    नेपाली सेनाकाअनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकाहरूमध्ये २१ जना भारतीय पर्यटक र ८ जना अन्य विदेशी नागरिक रहेका छन् ।

    सेनाले विदेशी नागरिकहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरेको छ भने अन्यलाई जिल्ला सदरमुकाम धुन्चे पुर्‍याउने प्रक्रिया अघि बढाएको छ ।

    यसैगरी, रसुवाकै हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङ (टनेल) मा फसेका सात जनालाई पनि जीवितै उद्धार गरिएको छ । सोही आयोजनाका अन्य तीनवटा सुरुङमा रहेका व्यक्तिहरूको उद्धार कार्य अहिले पनि जारी रहेको नेपाली सेनाले जनाएको छ ।

    बाढी प्रभावित क्षेत्रमा सेनाले हवाई र स्थल दुवै मार्गबाट उद्धार तथा राहत कार्यलाई तिब्रता दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend