रसुवा । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजे अचानक आएको बाढीले टिमुरे बजारका बस्ती प्रभावित भएका हुन् ।
बाढीका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेशप्रसाद नेपालका अनुसार बाढी नुवाकोटसम्म आइपुगेको छ। बाढीबाट भएको क्षतिको यकिन विवरण प्राप्त भइनसकेको उनले बताए ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। सम्भावित उद्धार तथा राहतका लागि जिल्ला समन्वय समितिको बैठकसमेत बसिरहेको जनाइएको छ ।



