२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने


सञ्चार डबली
  • मंगलबार, भदौ ९ २०८३
  • 1.5K
    SHARES

  • images
    मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने

    काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग छलफल गर्ने भएको छ ।

    मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्काल भेटेर उपत्यकाको फोहोर व्यवस्थापनसहित विभिन्न विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

    फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो प्रधानमन्त्रीसँग भेटघाटको समय माग्ने निर्णय भएको जानकारी दिए ।

    उनका अनुसार भेटमा उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइनेछ ।

    फोरमले तत्कालीन सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी वैकल्पिक मार्ग खोल्ने विषयमा समेत निर्णय गर्न प्रधानमन्त्रीसँग आग्रह गर्ने भएको छ ।

    उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको अध्यक्ष महर्जनले बताए ।

    यसैगरी, भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत फोरमले आपत्ति जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा उक्त विषयसमेत उठाउने निर्णय भएको महर्जनले जानकारी दिए ।

    ‘मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ,’ महर्जनले भने ।

    यसैबीच, उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बञ्चरेडाँडाका स्थानीयले आफ्ना माग १५ दिनभित्र पूरा नगरे फोहोर विसर्जनमा रोक लगाउने चेतावनी दिएका छन् । स्थानीयले फोहोर रोक्ने चेतावनी दिएपछि फोरमले समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend