२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सचिवमा डा. प्रमोद जोशी नियुक्त


सञ्चार डबली
  • शुक्रबार, भदौ ५ २०८३
  • 1.9K
    SHARES

  • images
    नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सचिवमा डा. प्रमोद जोशी नियुक्त

    काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् ।

    उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

    डा.जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन् ।

    उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गरेका छन् ।

    उनले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend