२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान


सञ्चार डबली
  • बुधबार, भदौ ३ २०८३
  • 1.5K
    SHARES

  • images
    सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान

    काठमाडौं/ सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले  उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत आर्थिक वर्ष २०८२/ ८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency Development Manager (ADM) मा योग्य अभिकर्ताहरूलाई सम्मान गरेको  हो ।

    कम्पनीले भाद्र ३ गते भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजना गरेको सम्मान तथा अवार्ड कार्यक्रम गरेको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारी प्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले गरेका थिए।

    कार्यक्रममा बागमती प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरियो । साथै,Million Dollar Round Table (MDRT)  हासिल गर्न सफल अभिकर्ताहरूलाई समेत विशेष सम्मान गरिएको थियो।

    व्यवसायिक विकासमा महत्वपूर्ण योगदान

    गणेश चौलागाईं, प्रमुख बजार अधिकृत

    बागमती प्रदेशका अभिकर्ताहरूले उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याए छ । बधाई तथा शुभकामना व्यक्त गर्दछु । आगामी दिनमा पनि अभिकर्ताहरूले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास छ । कम्पनीले अभिकर्तामुखी विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक स्किम सञ्चालन गर्दै आएको छ ।

    अभिकर्ताको सेवा–सुविधा तथा व्यवसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राखेको छ । आगामी दिनमा त्यसलाई थप प्रभावकारी बनाउने छौं ।

    छुट्टै पहिचान तथा व्यवसायिक छवि निर्माण गर्न सफल

    अधिकृत राजकुमार अर्याल , प्रमुख कार्यकारी, सन नेपाल लाइफ

    आफ्नो छुट्टै पहिचान तथा व्यवसायिक छवि निर्माण गर्न सफल भएका छौं । त्यसको महत्वपूर्ण श्रेय कम्पनीका सम्पूर्ण अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदानले हो ।

    आगामी दिनमा अभिकर्ताहरूलाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत रूपमा अघि बढाइनेछ । बागमती प्रदेश जीवन बीमाको व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र हो । अभिकर्ताहरूको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्‍याउनेछ ।

    कार्यक्रमले अभिकर्ताहरूबीच आपसी सम्बन्ध, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यवसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको कम्पनीले जनाएको छ।

    देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी अग्रणी कम्पनी हो ।

    जसले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend