२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै


सञ्चार डबली
  • बुधबार, भदौ ३ २०८३
  • 1.1K
    SHARES

  • images
    टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ । भदौ ४ गतेदेखि ७ गतेसम्म हुने कार्निभलमा ग्राहकले पुरानो गाडी दिएर नयाँ पन्च ईभी वा टियागो ईभी खरिद गर्न सक्नेछन् ।

    कम्पनीका अनुसार ग्राहकले पुरानो गाडीलाई डाउन पेमेन्टका रूपमा प्रयोग गर्न सक्नेछन् । पुरानो गाडीको मूल्यांकन गरी नयाँ विद्युतीय गाडी खरिदमा विभिन्न सुविधा पनि दिइनेछ ।

    कार्निभलमा गाडी बुकिङ गर्ने ग्राहकले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडानलगायत सुविधा पाउनेछन् ।

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पन्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गरिएको थियो । पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा ब्याट्री विकल्पमा उपलब्ध छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, सनरुफ र डिजिटल ककपिटललगायत सुविधा छन् ।

    त्यस्तै, टियागो ईभीमा नयाँ डिजाइन, विभिन्न रङ, ३६० डिग्री एचडी क्यामेरा, २६।०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायत सुविधा छन् ।

    कम्पनीले कार्निभलमार्फत पुरानो गाडीको उचित मूल्यांकन गरी ग्राहकलाई नयाँ विद्युतीय गाडीमा सहज रूपमा अपग्रेड हुने अवसर दिन लागेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend