२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

यामाहाद्वारा हिमालय रोडिज सिजन ८ को प्रि-अडिसन घोषणा, सहभागी हुनेहरूलाई ब्लू टिकट प्राप्त गर्ने अवसर


सञ्चार डबली
  • शनिबार, साउन ३० २०८३
  • 1.2K
    SHARES

  • images
    यामाहाद्वारा हिमालय रोडिज सिजन ८ को प्रि-अडिसन घोषणा, सहभागी हुनेहरूलाई  ब्लू टिकट प्राप्त गर्ने अवसर

    काठमाडौँ / हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले नयाँ थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ सहित आउन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि–अडिसन घोषणा गरेको छ। माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुने प्रि–अडिसन आगामी अगस्ट १५ (श्रावण ३०) देखि सुरु हुनेछ।

    प्रि-अडिसनमा सहभागी हुनेहरूले ब्लू टिकट प्राप्त गर्ने अवसर पाउनेछन्। ब्लू टिकट प्राप्त गर्नेहरू रोडिजको पीआई राउन्डमा सिधैँ प्रवेश गर्न सक्नेछन्।

    नेपालका विभिन्न सहरमा रहेका यामाहा शोरुममा आयोजना हुने प्रि–अडिसनअन्तर्गत पहिलो कार्यक्रम श्रावण ३० गते धरानस्थित विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट सुरु हुनेछ। श्रावण ३१ गते बिर्तामोडको सयपत्री ट्रेड लिंक, भद्रपुर बस स्ट्यान्डमा कार्यक्रम आयोजना हुनेछ।

    त्यसैगरी, भदौ १ गते हेटौँडाको राज मोटर्स प्रालि., रानीदरबार मार्ग र बुटवलको बाइकर्ज बुटवल प्रालि., कालिका नगरमा एकैसाथ प्रि–अडिसन हुनेछ। भदौ २ गते बर्दिबासस्थित एमएडब्लू प्रालि., भब्सी खोलानजिक, भदौ ३ गते धनगढीस्थित एमएडब्लू प्रालि., चौराहा र भदौ ४ गते काठमाडौंको एमएडब्लू प्रालि., नक्सालमा प्रि-अडिसन आयोजना हुनेछ।

    लामो समयदेखि सहभागीहरूको मनोवृत्ति, सहनशक्ति र साहस परीक्षण गर्ने चुनौतीपूर्ण रियालिटी शोका रूपमा परिचित हिमालय रोडिजको आठौँ सिजनले ‘एटिट्युड भर्सेस अल्टिच्युड’मार्फत चुनौती सामना गर्ने निडर भावनालाई केन्द्रमा राखेको छ।

    यो थिम यामाहाको रेसिङ लेगेसी तथा ब्रान्ड सन्देश ‘द कल अफ द ब्लू’सँग समेत जोडिएको कम्पनीले जनाएको छ। यामाहा रेसिङले नेपालमा युवालक्षित विभिन्न कार्यक्रममार्फत ऊर्जा, जोश र चुनौती सामना गर्ने साहसलाई प्रोत्साहन गर्दै आएको जनाएको छ।

    रोडिजमा सहभागी हुन इच्छुक युवाहरूलाई तोकिएको मितिमा आफ्नो नजिकको यामाहा शोरुममा पुगेर प्रि-अडिसनमा सहभागी हुन आग्रह गरिएको छ। छ दिनमा सात सहरमा आयोजना हुने प्रि-अडिसनले हिमालय रोडिज सिजन ८ को रोमाञ्चक सुरुवात गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend