२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक


सञ्चार डबली
  • बिहीबार , साउन २८ २०८३
  • 1.2K
    SHARES

  • images
    नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

    काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल कम्पनी मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको छ । कम्पनीले बुधबार काठमाडौंमा आफ्नो यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको हो ।

    मोन्ट्रा इलेक्ट्रिक नेपालमा हिप्को ट्रेडिंगमार्फत आएको हो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सुपर अटो सार्वजनिक गरेका हुन् ।

    कम्पनीका अनुसार सुपर अटो नेपालको सडक र भूगोललाई ध्यानमा राखेर विकास गरिएको हो । नेपालमा परीक्षण गरी स्थानीय आवश्यकताअनुसार यसको इन्जिनियरिङमा सुधार गरिएको कम्पनीले जनाएको छ ।

    सुपर अटोमा ९ किलोवाट–घण्टा क्षमताको ब्याट्री र पीएमएसएम मोटर प्रयोग गरिएको छ । यसले एकपटक पूर्ण चार्ज गर्दा १५० किलोमिटरसम्म यात्रा गर्न सक्ने र अधिकतम ५५ किलोमिटर प्रतिघण्टा गति दिन सक्ने कम्पनीको दाबी छ । यसको टर्क ६० एनएम रहेको छ ।

    सवारीलाई पूर्ण चार्ज गर्न करिब साढे चार घण्टा लाग्ने बताइएको छ । विभिन्न ड्राइभिङ मोड भएकाले सडकको अवस्था र यात्रुको भारअनुसार सवारी चलाउन सहज हुने कम्पनीको भनाइ छ ।

    सुपर अटोमा चालक र यात्रुको आरामलाई ध्यानमा राखेर डुअल–टोन सिट, ठूलो हेडरुम र लेगरुम तथा प्रभावकारी विन्डस्क्रिन र रूफ डिजाइन राखिएको छ ।

    नेपालमा सुपर अटोको मूल्य ८ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ । कम्पनीले पेट्रोलबाट चल्ने थ्री–ह्विलरको तुलनामा इलेक्ट्रिक सवारी प्रयोग गर्दा इन्धन खर्च र प्रदूषण घटाउन सहयोग पुग्ने जनाएको छ ।

    हिप्को ट्रेडिंगका निर्देशक हिमांशु गोल्छाले सुपर अटोको नेपाल प्रवेशले आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउन सहयोग गर्ने बताए । उनले नेपालमा इलेक्ट्रिक मोबिलिटीलाई बढावा दिन यस्ता साझेदारी महत्वपूर्ण हुने बताए ।

    मोन्ट्रा इलेक्ट्रिकका अधिकारीहरूले नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय विस्तारको महत्वपूर्ण सुरुआतका रूपमा लिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend