२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत बीवाईडीले नेपालमा सार्वजनिक गर्यो, ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन

अपडेटेड एट्टो १, न्यु एट्टो २ एसेन्सियल र २०२६ एट्टो ३ ले बीवाईडीको लोकप्रिय एट्टो लाइनअपलाई पुनःपरिभाषित गरेको छ ।


सञ्चार डबली
  • बुधबार, साउन २७ २०८३
  • 2.0K
    SHARES

  • images
    नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत बीवाईडीले नेपालमा सार्वजनिक गर्यो, ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन

    काठमाडौं- नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ। 

    न्यु जेनेरेसन अन्तर्गत एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ मा प्रविधि, डिजाइन, आराम तथा सुविधामा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ। न्यु जेनेरेसन अपडेटमार्फत बीवाईडीले विभिन्न सेग्मेन्टमा ग्राहकलाई थप सुविधा उपलब्ध गराउँदै आफ्नो लोकप्रिय एट्टो सिरिजलाई थप प्रतिस्पर्धी बनाएको छ।

    एट्टो १ मा थप प्रविधि र सुविधा

    बीवाईडी एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा प्रविधि तथा सुविधामा सुधार गरिएको छ। दुवै भेरियन्टमा अब ३६० डिग्री क्यामेरा उपलब्ध हुनेछ। यसले पार्किङ तथा साँघुरो स्थानमा सवारी सञ्चालन गर्दा चालकलाई वरपरको अवस्थाबारे थप स्पष्ट जानकारी प्रदान गर्नेछ। त्यस्तै, एट्टो १ प्रिमियममा अटो–फोल्ड ओआरभीएम थप गरिएको छ, जसले गर्दा दैनिक ड्राइभिङलाई थप सुविधायुक्त बनाउछ ।

    नयाँ एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ।

    एट्टो २ मा नयाँ ‘एसेन्सियल’ भेरियन्ट

    बीवाईडीले एट्टो २ सिरिजमा नयाँ एसेन्सियल भेरियन्ट थप गरेको छ। यससँगै ग्राहकले एट्टो २ सिरिजमा थप किफायती विकल्प पाउने भएका छन्। एट्टो २ एसेन्सियलमा ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। यसले एकपटकको फुल चार्जमा डब्लूएलटीपी अनुसार ३१२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।

    यसअघि उपलब्ध एट्टो २ प्रिमियममा ५१.१३ किलोवाट आवरको ब्याट्री रहेको छ भने यसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर छ। एट्टो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र एट्टो २ प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। ps_07.jpg

    २०२६ एट्टो ३ मा डिजाइनदेखि प्रविधिसम्म व्यापक परिवर्तन

    नेपालमा सन् २०२२ अक्टोबरमा सार्वजनिक भएदेखि निरन्तर लोकप्रिय रहँदै आएको एट्टो ३ लाई बीवाईडीले न्यु जेनेरेसनमा थप परिष्कृत गरेको छ। कम्पनीले यसलाई नेपालको नम्बर १ एसयूभी तथा सार्वजनिक भएको समयदेखि सबैभन्दा धेरै बिक्री भएको एसयूभीका रूपमा प्रस्तुत गरेको छ। न्यु जेनेरेसन एट्टो ३ मा बोल्ड न्यु डिजाइनका साथै टेक्नोलोजी, कम्फर्ट र रिफाइनमेन्टमा प्रशस्तै अपग्रेड गरिएको छ ।

    नयाँ एट्टो ३ मा बीवाईडीको ‘डाइनामिक ड्रागन फेस डिजाइन’ अपनाइएको छ। यसले एसयूभीलाई थप आकर्षक तथा आधुनिक स्वरूप दिएको छ। पछाडिको भागमा रियर स्पोइलर, हाई–माउन्टेड ब्रेक लाइट तथा ‘चाइनिज नट’ टेललाइट राखिएको छ।

    २०२६ एट्टो ३ को क्याबिनमा पनि उल्लेखनीय सुधार गरिएको छ। भित्री भागमा सफ्ट–टच सरफेस एरिया बढाउनुका साथै यहाँ प्रयोग भएका विभिन्न सामग्रीको गुणस्तर र ट्याक्टाइल कम्फर्टमा सुधार गरिएको छ। नयाँ एट्टो ३ मा पहिले देखि उपलब्ध लेआउटको स्थानमा कोलम–सिफ्टर गियर सेलेक्टर राखिएको छ। यसले गियर चेन्जलाई सहज बनाउनुका साथै ड्राइभिङ सुविधा र सुरक्षामा समेत सहयोग गर्ने कम्पनीको भनाइ छ।

    टेक्नोलोजी र कम्फर्टको क्षेत्रमा पनि महत्वपूर्ण अपग्रेड गरिएको छ । यसमा एक्टिभ कोलिजन फ्यान सहितको ५० वाटको अल्ट्रा–फास्ट वायरलेस स्मार्टफोन चार्जर उपलब्ध छ । त्यस्तै, ८.८ इन्चको फुल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरले अप्टिमाइज डिस्प्ले र स्मुद ग्राफिक्स सहितको आवश्यक जानकारी स्पष्ट रूपमा देखाउनेछ।

    नयाँ एट्टो ३ मा चालक तथा अगाडिको यात्रु दुवैका लागि भेन्टिलेटेड सिट उपलब्ध गराइएको छ। अडियो एक्सपेरियन्सलाई समेत अपग्रेड गर्दै एट्टो ३ एडभान्स र सुपेरियर दुवै भेरियन्टमा डिराक एचडी साउन्ड र ८–स्पिकर सेटअप स्ट्यान्डर्ड रूपमा उपलब्ध गराइएको छ।

    २०२६ बीवाईडी एट्टो ३ एडभान्स्डको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।

    नाइमा एक्स्पोमा विशेष अफर

    न्यु जेनेरेसन एट्टो सिरिज सार्वजनिक गरेको अवसरमा बीवाईडीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विभिन्न विशेष सुविधा पनि ल्याएको छ। यसअन्तर्गत १ वर्षको निःशुल्क इन्फोटेनमेन्ट सहित बीवाईडी एप कनेक्टिभिटी, विशेष नगद छुट, १० वर्षको एक्सटेन्डेड वारेन्टी, १ वर्षको निःशुल्क बीमा (अटो प्लस), १ वर्षको निःशुल्क सडक दस्तुर तथा निःशुल्क एसेसरिज उपलब्ध गराइनेछ।

    नाइमा मोबिलिटी एक्स्पो २०२६ अगस्ट ११ देखि १६ अर्थात २०८३ साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ। मेलामा बीवाईडीको हल ‘ए’ अन्तर्गत स्टल ए५ मा न्यु जेनेरेसन एट्टो सिरिजको नजिकबाट अवलोकन गर्न सकिनेछ।

    प्रविधि, डिजाइन, आराम, सुरक्षा तथा कनेक्टिभिटीमा गरिएको सुधारसँगै नयाँ एट्टो सिरिजले नेपाली विद्युतीय सवारी बजारमा बीवाईडीको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend