२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट


सञ्चार डबली
  • सोमबार, साउन २५ २०८३
  • 1.6K
    SHARES

  • images
    कपन वर्कसपमा सिप्रदीले सञ्चालनमा ल्यायो ८६.४ किलोवाटको सौर्य ऊर्जा प्लान्ट

    काठमाडौँ / सिप्रदी ट्रेडिङ प्रालि र प्राइम रिन्युएबल्स प्रालिको सहकार्यमा काठमाडौंको कपनस्थित सिप्रदी वर्कसपमा ८६.४ किलोवाट पिकक्षमताको रूफटप सोलार प्लान्ट सञ्चालनमा आएको छ।

    प्लान्टको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ र प्राइम रिन्युएबल्सका अध्यक्ष आशिष गर्गले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सम्झौता भएको तीन महिनामै निर्माण सम्पन्न गरिएको उक्त प्लान्टबाट वार्षिक करिब १ लाख ४० हजार युनिट स्वच्छ विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ।

    प्लान्टमा एआईमा आधारित हरित ऊर्जा डिजिटल प्रविधिको प्रयोग गरिएको छ। उत्पादित विद्युत् सिप्रदीको वर्कसपमा विद्युतीय सवारीसाधनको चार्जिङ, मर्मत तथा सर्भिसिङलगायतका काममा प्रयोग गरिने बताइएको छ।

    सिप्रदीका सीईओ श्रेष्ठले विद्युतीय सवारीसाधनको बिक्री तथा वितरणसँगै त्यसको चार्जिङ, मर्मत र सर्भिसिङ प्रक्रियालाई समेत वातावरणमैत्री बनाउने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको बताए। विद्युतीय सवारीसाधन आफैँमा वातावरणमैत्री भए पनि त्यसलाई सञ्चालन तथा सर्भिसिङमा प्रयोग हुने ऊर्जा पनि स्वच्छ हुन आवश्यक रहेकाले कपन वर्कसपबाट अभियान सुरु गरिएको उनको भनाइ छ।

    प्राइम रिन्युएबल्सका अध्यक्ष गर्गले विद्युतीय सवारीसाधनलाई ऊर्जा उपलब्ध गराउने स्रोतसमेत स्वच्छ भए मात्र वास्तविक दिगोपन हासिल गर्न सकिने बताए। सिप्रदी ट्रेडिङ तथा टाटा मोटर्सजस्ता ब्रान्डसँगको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग विस्तार गर्ने सम्भावना देखाएको उनले बताए।

    उनका अनुसार सौर्य ऊर्जाको प्रयोगले विद्युत् खर्च घटाउनुका साथै अटोमोबाइल सर्भिसिङ तथा मर्मतसम्भार क्षेत्रमा हुने कार्बन उत्सर्जन न्यूनीकरणमा समेत सहयोग पुग्नेछ।

    नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला ईभीको चार्जिङदेखि सर्भिसिङसम्म स्वच्छ ऊर्जा प्रयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। प्लान्टबाट उत्पादन हुने स्वच्छ ऊर्जाले कार्बन उत्सर्जन घटाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    सिप्रदी र प्राइम रिन्युएबल्सको सहकार्यले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको एकीकरणलाई प्रोत्साहन गर्नुका साथै नेपाललाई न्यून तथा शून्य उत्सर्जनतर्फ अघि बढाउने प्रयासमा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend