२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने


सञ्चार डबली
  • आइतबार, साउन २४ २०८३
  • 3.4K
    SHARES

  • images
    नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

    काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले रु. ३ लाखदेखि रु. २१ लाखसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन्।

    नाइमा अटो शो टोयोटाका लागि यस वर्ष थप विशेष रहनेछ। अटो शोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा टोयोटाको उपस्थितिलाई थप विस्तार गर्दै ग्राहकका लागि नयाँ उत्पादन तथा अनुभव प्रस्तुत गर्ने कम्पनीको लक्ष्य रहेको छ।

    नाइमा अटो शोका लागि ल्याइएको विशेष छुट अटो शो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने टोयोटा नेपालले जनाएको छ। अफरलाई थप विशेष बनाउँदै टोयोटा नेपालले ग्राहकका लागि विशेष ड्राइभ घोषणा गरेको छ। नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रूपमा “Elite Explorers Kanya Kumari Drive” मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

    त्यसैगरी, नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले Community Drive मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

    टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको यो विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो।

    अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, दुई नयाँ ब्रान्डको सार्वजनिक तथा विशेष अफरको लाभ लिन टोयोटा नेपालले सम्पूर्ण ग्राहकलाई आमन्त्रण गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend